Bisal Chautari Logo

‘हवल्दार सुन्तली’ हेटौडाको चर्को घाममा ठुम्का हान्न ब्यास्त (फोटो फिचर सहित)

- १९ जेष्ठ २०७१, सोमबार १८:१९ मा प्रकाशित


Hawaldar Suntali nepali movie Shilpa Pokharel
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १९ सोमबार । हवल्दारको काम सधै डिउटी गर्ने हुन बुझिन्छ । तर छवि राज प्रोडक्सनको लागी भने हवल्दार ठुम्का लगाउन सक्ने महिलाको रुपमापनि चित्रण भएको छ ।
प्रसंग हो नयाँ फिल्म ‘हवल्दार सुन्तली’को सुटिङको । हैटौडाको चर्को घाममा आजबाट सुटिङ सुरु भएको आउँदो दश दिन सम्म चल्ने निर्माता छविराज ओझाले जानकारी दिएका छन् । एक्सन श्रेणीको यस फिल्ममा शिल्पा पोखरेल केन्द्रिय भूमिकामा छिन् ।

[gss columns=”4″ ids=”3831,3830,3829,3828,3827″]

शिल्पालाई डेब्यू गराईएको छविको अघिल्लो फिल्म लज्जा कात्तिक ७ देखि देशब्यापी रिलिज हुने क्रममा पनि छ ।
हवल्दार सुन्तलीमा हिरोहरु तर्फ किशोर खतिवडा र सविन श्रेष्ठ लिडमा छन् । फिल्मको निर्देशन ऋषि लामिछानेबाट भईरहेको छ । अन्य ब्यानरहरुहमा काम गरिरहेका लामिछानेको छवि ब्यानरमा यो पहिलो अनुभव हो । पहिलो दिनको काम गीत सुटिङबाट सुरु गरिएको छ । दुई दर्जन कोरसका साथ हिरोइन शिल्पा र हिरो किशोरलाई लिएर गीतको निर्देशन कविराज गहतराजले गरेका छन् ।

ads

The latest news about Shilpa Pokharel signing up Chhabi Raj Ojha‘s upcoming movie ‘Hawaldar Suntali’ indicates the she might be destined to be Chhabi’s actress of choice. Shilpa debuted in the movie industry in Chhabi’s movie ‘Lazza’. She has been signed up in another of his movie before the release of the debut one.

प्रतिक्रिया