Bisal Chautari Logo

साझमा गाउदै फोटो पत्रकार नविन गुरुङ

- १९ जेष्ठ २०७१, सोमबार १७:०९ मा प्रकाशित


nabin gurung
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १९ सोमबार । लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय नविन गुरुङले यहि जेठ २२ गते सर्वनाम थियटरमा आफ्नो स्वर घन्काउने भएका छन् । सर्वनाम थिएटर समुहले गर्दै आएको ‘फ्युजन वेव’मा यसपटक गुरुङ गुञ्जिन लागेका हुन् । गायक गुरुङ अहिले स्टेजमा गीत प्रस्तुत गर्नका लागी तयारीमा लागेका छन् ।nabin gurung
फोटो पत्रकारितासँगै गायनमा पनि सकृय नविनले कार्यक्रममा विभिन्न लोक शैलीका गीतहरु गाउने भएका छन्। उनले आफ्नै शब्द संगीतको गीतसँगै विभिन्न चचिर्त गीतहरु गाउने भएका हुन्। उनको केहि समय अघि ‘सलल पानी गंगाको तिरैमा’ भन्ने गीतले नेपाली संगीत बजारमा निकै चर्चा पाएको थियो। सधै जसो आधुनिक पप लगायत विभिन्न फ्युजन संगीतहरु पस्किदै आएको यस कार्यक्रममा केहि पृथक किसिमको कार्यक्रम गर्न यसपटक लोक फ्युजनलाई पस्कन लागेको कार्यक्रम संयोजक श्याम खड्काले बताए । उनका अनुसार यसपालिको कार्यक्रममा पश्चिमदेखि पूर्वसम्मका विभिन्न चचिर्त भाकाहरुको फ्युजन हुनेछ। कार्यक्रममा गायक गुरुङका साथै शिव अधिकारीले पनि गाउने छन् भने श्री तारा ब्याण्डको पनि सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रम आगामी बिहीबार साँझ ५ बजेबाट शुरु हुनेछ ।

ads

प्रतिक्रिया