Bisal Chautari Logo

राजेशपायलले संगीतमा झुमाए अष्ट्रेलिया

- १९ जेष्ठ २०७१, सोमबार १५:२१ मा प्रकाशित


rajesh payal rai live concert
विशाल चौतारी समाचार काठमाडौं,
२०७१ जेठ, १९ सोमबार । नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेशपायलले साउथ अष्ट्रेलियामा बस्ने हजारौ नेपालीहरुलाई संगीतमा झुमाएका छन् ।
rajesh payal rai live concert (1) गायक राजेशपायलले आफ्नो वल्ड टुरको क्रममा पहिलो कार्यक्रम अष्ट्रलियामा गरेका हुन् । गायक राईले कन्र्सटमा आफ्नो पछिल्लो एल्बम दर्शन नमस्ते–२ को गीतहरु प्रस्तुत गरेका थिए ।

rajesh payal rai live concert (2)कन्र्सटमा गायक राजेशपायलले चलचित्र ‘नाई नभन्नु ल–२’को ‘फेरी फेरी नाइ नभन्नु ल’ बोलको गीत लगायत पाश्र्व गीतहरुपनि सुनाएका थिए । दर्शकहरुको हुटिङको कारणले गायक राईले कन्र्सटमा गाउने योजना भन्दा केही बढि गीत गाउन परेको कुरा विशाल चौतारी डटकमसंगको कुराकानीमा बताए । अष्ट्रेलिया कार्यक्रम सम्म गायक राईसंगै मितज्यु राजेश हमालकोपनि प्रस्तुती रहेको थियो । वल्ड टुरको क्रममा गायक राई अमेरीका पहिलो चोटी जाने कार्यक्रमपनि रहेको छ । अमेरीका आयोजकले बताए अनुसार अमेरिकामा कार्यक्रमको लागि भने आगामी जुन १३ तारिख टेक्सास राज्यको ह्युस्टन ओर्लनेछन् । उनले ह्युस्टनमै १५ तारिख पहिलो कार्यक्रम प्रस्तुत गर्ने आयोजक मध्येका घलेले बताए । उनका अनुसार राईले २२ तारिखमा ओहाइयो राज्यमा कार्यक्रम प्रस्तुत गर्नेछन् । पछिल्लो समयमा आधुनिकदेखी पाश्र्व गायनसबै राजेशपायल राईको नाम अगाडी आइरहेकाले अमेरिकाभर नै नेपालीहरुले राजेशपायलको कार्यक्रमको लागि माग भईरहेकोले गायक राईले कार्यक्रममा बोलाइएको बताए । तर समयको अभावले सबै ठाउँमा कार्यक्रम प्रस्तुत गर्न नसक्ने आयोजकले बताएका छन् । त्यस्तै राई इज किङ राजेशपालयल राईले पहिलो चोटी अमेरिका भ्रमणमा आउन पाएपनि दर्शक श्रोताहरुको माग भए अनुसार कार्यक्रम प्रस्तुत गर्न नभ्याएकोमा दुखेसो व्यक्त गरे । अमेरिका आउने निश्चित हुन नपाई नै अन्य देशमा कार्यक्रम तय भएको कारण सबै अमेरीकाको सबै ठाउको कन्र्सट गर्न नपाउने बताए । राई अमेरिकाबाट जुन २३ तारिख क्यानाडा जाने कार्यक्रम रहेको छ । उनले जुन २८ मा क्यानाडामा कार्यक्रम सके लगतै मलेसिया उड्नेछन् । मलेसियाका बिभिन्न ४ शहरमा कार्यक्रम तय भईसकेको बताए ।

ads

प्रतिक्रिया