Bisal Chautari Logo

‘महापुरुष’को ट्रेलर सार्वजनिक || एकल ‘बा’को बुढ्यौली प्रेम र बिहे अबरोधको कथा

- २४ आश्विन २०७९, सोमबार १८:३४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ असोज, २४ सोमबार ।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलर भावना, रोमान्स र कमेडी पन्चलाइनले भरिएको छ । एकल बुवाले बुढेसकालमा दोस्रो बिवाह गर्न खोज्दा खेरि आउने उतारचढाव ट्रेलरमा देख्न सकिन्छ । चलचित्रमा हरिवंश र अभिनेत्री गौरी मल्लले जोडी बाँधेका छन् ।

प्रदीप भट्टराईद्धरा निर्देशित तथा लेखनमा रहेको चलचित्रमा रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, सिरु विष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेश पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । यहि चलचित्रबाट अरुण क्षेत्री र अञ्जना बराइलीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।

दीपक बज्रचार्यले खिचेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित सिनेमामा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दिपेश खत्री सिनेमाका निर्माता हुन् ।

यो चलचित्र कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ । ‘जात्रा’, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ जस्ता सफल सिनेमा निर्देशन गरिसकेका प्रदीपको यो चलचित्रले पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया