Bisal Chautari Logo

दुई धिरज र अदितीसंगै ‘बाबरी’को हाउसफुल हल भिजिट || फोटो फिचर हेनुहोस्

- १८ आश्विन २०७९, मंगलवार २३:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ असोज, १८ मंगलबार ।
चलचित्र ‘बाबरी’को टिम रिलिजको ५ औ दिन आज नवमीको दिनपनि हल भिजिटमै व्यस्त बनेको छ । हलवालाले ‘बाबरी’लाई अन्याय गर्दा पनि बिकाश बोर्डको साथ नपाएको आरोप सहितको बाबरीको प्रेममिट गत सोमबार रिपोटर्स क्लवमा अकस्मात राखिएको थियो । त्यसैको प्रभावपनि होला आज मंगलबार हलमा दर्शकहरुको उपस्थिती बाक्लो रहेको थियो । भिजिट गरिएको हलहरु सबै हाउसफुल रहेको थियो । हल भिजिटमा दर्शकहरुले सिनेमालाई राम्रो प्रतिकृया दिएका थिए ।
सुरेन्द्र पौडेल निर्देशित लभस्टोरी फिल्म ‘बाबरी’ को ‘वर्ड अफ माउथ’ आइरहेकाले पनि शो बढ्न सक्ने अनुमान निर्मात्री पुष्पलता बुढाथोकीले लगाइन् । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा अदिती र धीरज मगरसहित धीरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलीप गुरुङको अभिनय छ ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्म निर्माण गरेका हुन । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत छ । बाबरीको हल भिजिटको तस्बिरहरु हेर्नुहोस्

तस्बिरहरु विशाल राई

प्रतिक्रिया