Bisal Chautari Logo

प्रतिभा देखाए मिस टिन कलेजका प्रतियोगीले (फोटो फिचर सहित)

- ११ फाल्गुन २०७०, आईतवार १०:५९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ११ फागुन ।
शनिबार काठमाडौंमा ‘मिस टिन कलेज–२०१४’का प्रतियोगीले थरी थरीका नृत्य एवं गायन प्रस्तुत गरे । ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका हुन् । कार्यक्रममा धेरै जसो प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका थिए । केहीले गीत गाएर तथा विभिन्न विषयमा बोलेर आफ्नो कला प्रस्तुत गरेका थिए ।
मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.ले विभिन्न कलेजमा अध्ययनरत किशोरी (टिन)हरुलाई समेटेर यो प्रतियोगीता गरेको हो । जसमा ३४ प्रतियोगीहरु छन् । यो पहिलो चरणको संस्करणको लागि उपत्यकामा रहेका ५० भन्दा बढि कलेजहरुबाट १०० भन्दा बढी छात्राहरूको आवेदन दिएको थिए । जसबाट ३४ जना अन्तिम प्रतिस्पर्धाका लािग चयन गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए ।
मुलुकभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको लागि प्रतियोगिता गरिएको पनि वन्तले जानकारी गराए ।  उनीहरुलाई मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्नु पनि कार्यक्रमको उदेश्य रहेको वन्तले बताए । 
आन्तरीक प्रतिभा छनौटमा मिस इन्टरनेशनल २०१२ की विजेता सुभेक्षा खड्का, सञ्चारकर्मी डव्वु क्षेत्री , गायक दिप वहादुर थापामगर, नृत्य निर्देशक अनुप डंगोल र रंगकर्मी सृजना सुव्वाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । फाल्गुन १५ गते  काठमाडौंको जमल स्थित नाचघमरमा उनीहरु माझ अन्तिम प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्प्र्धामा प्रतियोगिताका विजेताले मिस टिन कलेज–२०१४ को ताज उपाधि स्कुटर, उच्च शिक्षामा ५० हजार वरावरको छात्रावृत्ती साथै विभिन्न उपाहार प्राप्त गर्नेछिन् । यस्तै फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमश: रु २५ हजार र रु १५ हजारका साथै १ वर्ष अध्यानको लागि छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्नेछिन् ।

add

प्रतिक्रिया