Bisal Chautari Logo

‘२ नम्बरी’ प्रोमोशनका लागी उगेन भुटानबाट नेपाल आइन्

- ६ आश्विन २०७९, बिहीबार २२:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ असोज, ६ बिहिवार ।
असोजको २१ गतेबाट प्रतिक्षित फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । यसैविच, यो फिल्मको प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन् ।

फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन आज बिहान नेपाल आइपुगेकी हुन् । फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन । तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।

यो फिल्ममा उगेनको जोडीको रुपमा नायक दयाहाङ राइले काम गरेका छन् । यस्तै, नायिका उपासना सिंहको जोडीको रुपमा नायक सौगात मल्ललाई देख्न सकिन्छ । ‘२ नम्बरी’को टिजर हिट भैसकेको छ । २ साथीको मित्रताको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया