Bisal Chautari Logo

पुन्टे संयमको मायामा एन्जिला डुबेपछी (भिडियो)

- १८ जेष्ठ २०७१, आईतवार १३:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १८ आइतवार । मायामा कुनै उचाइको महत्व हुदैन भनेझै पुन्टे संयम पुरीको मायामा डुब्दै गएको कुरा एन्जिलाले बताएकी छिन । तर यो मायाको कुरा नव अभिनेत्री एन्जिलाले रियल लाईफमा नभनी चलचित्र ‘पुन्टे परेड’को एक म्युजिक भिडियोमा भनेकी हुन् ।punte pared
अभिनेता संयम र अभिनेत्री एन्जिला अभिनित फिल्म ‘पुन्टे परेड’ को गीतमा यी दुईले माया प्रेमको भावना व्यक्त गरेका हुन् । श्रावन २ मा प्रदर्शनमा आउने कमेडी फिल्म ‘पुन्टे परेड’ को ‘डुब्दै गए म’ बोलको लभ सङ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा नरेश भट्टराईको शब्द रहेको छ, भने संगीत तारा प्रकाश लिम्बु र स्वर बादल लिम्बु तथा मेलिना राईको रहेको छ । गायिका मेलिना राईले यस अघि चलचित्र ‘नोभेम्बर रेन’को ‘पल भरमै खुसि’ बोलको गीत गाएर चर्चा बटुल्न सफल भइसकेकी छिन् ।
चलचित्रलाई हरि महतले सुरज कोइराला र अनिल अधिकारि संग मिलेर निर्माण गरेका हुन् । चलचित्रमा एसएलसी पास गरेर कलेज पढन गएका टिनएजर्स युवाहरुको कथा देखाइएको छ । यसमा संयम र एन्जिला संगै निलु डोमा शेर्पा , रबिन्द्र खड्का , गीता अधिकारि , स्वेता थापाको अभिनय रहेको छ भने बिशेष भूमिकामा अभिनेत्री प्रियंका कार्की पनि देखिदै छिन । साथै यसमा कथा निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया