Bisal Chautari Logo

‘बाबरी’को प्रचार–प्रसार तिव्र || मोफसल टुरमा धीरज र अदितीले ६ सहरमा दर्शकलाई भेट्दै

- ४ आश्विन २०७९, मंगलवार २०:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ असोज, ४ मंगलवार ।
धीरज मगर र अदिती बुढाथोकी स्टार रोमान्टिक ड्रामा चलचित्र ‘बाबरी’ले प्रचार–प्रसारलाई तिव्र बनाएको छ । असोज १४ देखी प्रर्दशनमा आउन लागेको चलचित्रको मोफसल टुरमा असोज ५ गते बिर्तामोडदेखि सुरु हुने प्रचार दौडाहा ६ सहरमा हुने भएको छ ।

निर्देशक सुरेन्द्र पौडेलले संगीत र ट्रेलरमार्फत प्राप्त फिडब्याकलाई अझै जीवन्त तुल्याउन मोफसल टुर गर्न लागिएको बताए । असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटवल र ९ गते पोखरामा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम छ । ९ गतेबाट १२ गतेसम्म काठमाडौंमा प्रचार अभियान चल्नेछ । उपत्यकामा कन्सर्टहरुको आयोजना गरिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मले संगीतमार्फत हाइप बटुलेको छ । फिल्ममा अदिती र धीरज मगरसहित धीरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलीप गुरुङको अभिनय छ ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्म निर्माण गरेका हुन । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत छ ।

प्रतिक्रिया