Bisal Chautari Logo

धिरज र अदिती जोडीको ‘बाबरी’ विदेशमा बढ्दो माग, दक्षिण कोरिया राइट्स विक्री

- १ आश्विन २०७९, शनिबार २२:२५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ असोज, १ शनिवार ।
अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी स्टार चलचित्र ‘बाबरी’को विदेशी भूमिमा बढ्दो माग रहेको छ । यहि असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘बाबरी’को निर्माताले धमाधम एकपछि अर्को देशको राइट्स बेचिरहेका छन् ।

यहि क्रममा अष्ट्रेलिया र हङकङपछि चलचित्रको दक्षिण कोरिया (सियोल) राइट्स पनि विक्री भएको छ । केटिएम टू सियोल नामक कम्पनीका सिइओ यूविन श्रेष्ठले फिल्मको दक्षिण कोरियाको राइट्स खरिद गरेका हुन् । नेपालकै मितिमा दक्षिण कोरियामा पनि ‘बाबरी’लाई प्रदर्शन गर्ने तयारी गरिएको छ । निर्मात्री पुष्पालता बुढाथोकीले अन्य देशका लागि पनि कुराकानी चलिरहेको जानकारी दिइन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा धिरज मगर, धिरज नाडकर, अदिती बुढाथोकी, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको अभिनय छ । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुष्मा गुरुङ छिन् । ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ । बाबरी चलचित्रको अहिले सम्म सार्वजनिक भएको ट्रेलर, गीतहरुका कारणपनि दर्शकका लागी प्रतिक्षीत सिनेमा बनेको छ ।

प्रतिक्रिया