Bisal Chautari Logo

आर्यन र उपासनाको ‘डिसेम्वर फल्स’ को बाँकी सुटिङ धमाधम

- ३० भाद्र २०७९, बिहीबार ०९:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र ३० बिहिबार ।
चलचित्र ‘डिसेम्वर फल्स’ कोे छायांकन हाल राजधानीमा धमाधम भइरहेको छ । पहिलो लकडाउन खुलेपछि छायांकन थालीएको चलचित्र निर्माण कार्य दोश्रो पटकको निषेधाज्ञाका कारण केही मात्रामा प्रभावीत भएको थियो । अब भने छायांकन सम्पूर्ण रुपले समापन गर्ने सेड्युलका साथ निर्माण पक्ष कस्सिएको छ ।

आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको निर्देशक प्रविण झा हुन भने महेश आर गुप्ताले खिचीरहेका छन् । निर्देशक प्रविण र छायाँकार महेश भारतीय चलचित्र उद्योगमा कार्यरत छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । राजकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित,सलोन बस्नेत,नरेश भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् । बिपीका खनालको कथा,केदार भुसालको पटकथा र सम्वाद रहेको चलचित्रको अधिकांश दृश्य पोखरामा आसपासमा खिचिएको छ । छायांकन सुरु हुना साथ युट्युव र अष्ट्रेलिया राइट एजुकेशन एण्ड माइग्रेसन कर्नरले किनिसकेको चलचित्रको हल बितरण भने श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले गर्ने छन् ।

चलचित्रको पूरा छायांकन सकिन अब झण्डै दुई साता लाग्ने जानकारी कार्यकारी निर्माता रिजालले दिएका छन् । पहिला साउन १ गते प्रदर्शन गर्ने भनिएको भए तापनि अब भने यो चलचित्र आगामी डिसेम्बर महिनामा दर्शकमाझ आउने छ । कार्यकारी निर्माता रिजालले आफुहरु डिसेम्बर महिनाभित्र चलचित्र प्रदर्शन गर्ने लक्ष्यका साथ कार्यरत रहेको बताए । ‘डिसेम्बरको कुनै पनि शुक्रबार रिलिज हुन्छ,’ उनले भने, ‘अहिले हामी यही योजनाका साथ काम गरिरहेका छौ ।’ प्रेमकथाका साथमा चलचित्रमा वास्तवीक घटनालाई उठान गरिएको बताइएको छ ।

प्रतिक्रिया