Bisal Chautari Logo

एसएसपी खरेललाई हेडक्वाटर तानियो

- १७ जेष्ठ २०७१, शनिबार १४:४१ मा प्रकाशित


विशाल चौतारी समाचार

काठमाडौं, २०७१ जेठ, १७ शनिवार ।प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई हेडक्वाटरमा तानेको छ । काजमा सुरुवा गर्न निर्वाचन आयोगले सहमति दिन अस्वीकार गरेको भोलिपल्ट छानविनका लागि भन्दै खरेललाई हेडक्वाटर तानिएको हो ।Ramesh Kharel
बयानका लागि एसएसपी खरेललाई आजबाट हेडक्वाटर बोलाइएको प्रहरी स्रोतले बताएको छ । बयान कति दिन हुने, बयानपछि फेरि काठमाडौं प्रहरी प्रमुखमा र्फकन नर्फकने केही खुलाइएको छैन । खरेलले एआईजीमा बढुवा हुन डीआईजीहरु पैसाको ब्रिफकेस बोकेर नेता र मन्त्री कहाँ धाइरहेको बताएपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ । डीआईजी विज्ञानराज शर्मा नेतृत्वको तीन सदस्यीय समितिले खरेलमाथि छानविन गरिरहेको छ । खरेल हेडक्वाटर तानिएपछि शनिबारबाट महानगरीय प्रहरी परिसर हनुमानढोकाको निमित्त प्रमुखको जिम्मेवारी एपसी नारायणसिंह खड्कालाई दिइएको छ ।

ad

प्रतिक्रिया