Bisal Chautari Logo

संगीतकार सँघको नयाँ कार्य समिती अध्यक्षमा लक्ष्मण, उपाध्यक्षमा शान्तिराम

- १६ जेष्ठ २०७१, शुक्रबार १७:२६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १६ शुक्रबार । नेपाल संगीत निर्देशक संघको दास्रो कार्यकालका लागी संगतिकार लक्ष्मण शेष निर्वाचित भएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको एक हलमा भएको संघको दास्रो साधारण सभाबाट नयाँ कार्य समिती छनौट गरेको हो ।nepali music director association
त्यस्तै नयाँ कार्य समितीमा वरिष्ठ संगतिकार शान्तिराम राई र आलोक श्री रहेका छन्, भने महासचिवमा महेश खड्का रहेका छन् । त्यस्तै सचीवमा चेतन सापकोटा, कोषाध्यक्ष हरी लम्साल, सदस्यहरुमा मिलन मोक्तान, सुनील मास्के, शशि रावल, बसन्त सापकोटा र पारस मुकारुड निर्वाचित भएका छन् ।
दास्रो साधारण सभामा सम्मान कार्यक्रमको आयोजनापनि गरीएको थियो । निर्वाचित नयाँ कार्यसमिती ११ जनाको रहेको छ । यस भन्दा अगाडी संघको अध्यक्ष संगीतकार सुरेश अधिकारी रहेका थिए ।

प्रतिक्रिया