Bisal Chautari Logo

मितज्युलाई लिएर राजेशपायल साङ्गीतिक वल्र्ड टुरमा निस्किए, पहिलो चोटी अमेरीका भ्रमणमा राई इज किङ

- १६ जेष्ठ २०७१, शुक्रबार १६:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १६ शुक्रबार । महा अभिनेता राजेश हमाल र नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेशपालय राई साङ्गीतिक वल्र्ड टुरका लागी निस्किएका छन् । आज दिउसो त्रिभुवन एयरपोर्टबाट यि दुर्ए मितज्यु जोडी एकसाथ गएका हुन् ।rajesh payal rai and rajesh hamal (1)
गायक राई र अभिनेता हमाल अष्ट्रेलिया कार्यक्रममा संगै हुनेछन् । अष्ट्रेलिया कार्यक्रम सकिएपछि गायक राई मितज्युसंग छुट्टिएर आफ्नो वल्र्ड टुरलाई अगाडी बढाउनेछन् ।rajesh payal rai and rajesh hamal (2)
राई इज किङ राजेशपायल पहिलो चोटी अमेरीका जादै वल्र्ड टुरमा निस्किएका हुन् । आयोजनकका अनुसार राईले अमेरिका र क्यानाडाको बिभिन्न शहरमा आगामी जुन महिनामा पहिलो चोटी कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सांगीतिक टुरमा उत्तर अमेरिका हुँदै मध्ये पुर्वी देश मलेसियामापनि साङ्गीतिक कन्र्सट रहेको छ । अमेरिकामा कार्यक्रमको लागि भने आगामी जुन १३ तारिख टेक्सास राज्यको ह्युस्टन ओर्लनेछन् । उनले ह्युस्टनमै १५ तारिख पहिलो कार्यक्रम प्रस्तुत गर्ने आयोजक मध्येका घलेले बताए । उनका अनुसार राईले २२ तारिखमा ओहाइयो राज्यमा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
पछिल्लो समयमा आधुनिकदेखी पाश्र्व गायनसबै राजेशपायल राईको नाम अगाडी आइरहेकाले अमेरिकाभर नै नेपालीहरुले राजेशपायलको कार्यक्रमको लागि माग भईरहेकोले गायक राईले कार्यक्रममा बोलाइएको बताए । तर समयको अभावले सबै ठाउँमा कार्यक्रम प्रस्तुत गर्न नसक्ने आयोजकले बताएका छन् । त्यस्तै राई इज किङ राजेशपालयल राईले पहिलो चोटी अमेरिका भ्रमणमा आउन पाएपनि दर्शक श्रोताहरुको माग भए अनुसार कार्यक्रम प्रस्तुत गर्न नभ्याएकोमा दुखेसो व्यक्त गरे । अमेरिका आउने निश्चित हुन नपाई नै अन्य देशमा कार्यक्रम तय भएको कारण सबै अमेरीकाको सबै ठाउको कन्र्सट गर्न नपाउने बताए । राई अमेरिकाबाट जुन २३ तारिख क्यानाडा जाने कार्यक्रम रहेको छ । उनले जुन २८ मा क्यानाडामा कार्यक्रम सके लगतै मलेसिया उड्नेछन् । मलेसियाका बिभिन्न ४ शहरमा कार्यक्रम तय भईसकेको बताए ।

ad

प्रतिक्रिया