Bisal Chautari Logo

सिपस्टर बाई अनानिक’को उद्घाटनसंगै भव्य तिज सेलिब्रेसन || सेफ सन्तोषको खाना, स्वस्तिमादेखी मिस नेपालको जमघट

- १० भाद्र २०७९, शुक्रबार २०:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र १० शुक्रबार ।
नयाँ बानेश्वरस्थित अनानिक ब्युटी सैलुन एन्ड स्पामा गत शुक्रबार भब्य तीज उत्सव आयोजनाका साथै ‘सिपस्टर बाई अनानिक’को उद्घाटन पनि गरिएको छ ।

तीज बिशेष र ‘सिपस्टर बाई अनानिक’को उद्घाटन कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सेफ सन्तोष साह, चर्चित कलाकारहरु दीपाश्री निरौला, अभिनेत्री स्वस्तिमा खड्का, धीरज मगर, अदिती बुढाथोकी, मिस नेपाल प्रियंका रानी जोशी, पूर्वमिस नेपालहरू नम्रता श्रेष्ठ, अनुष्का श्रेष्ठ, अश्मी श्रेष्ठ र मलिना जोशी, चर्चित मेकअप आर्टिस्ट आकृती राजभण्डारी तथा फिल्म ‘बाबरी’को टिम, अभिनेतृ मल्लिका महत, सामाजिक अभियन्ता बन्दना राणा, सांसद नवीना लामा र उनका साथीहरू एवं १४ वटा हिमालको सफल आरोहण गर्ने फोर्टिन्थ पिक विजेता टिम र मिङ्मा डेभिड शेर्पा, सञ्चारकर्मी ओसिन सिटौला, डा. सुर्जना श्रेष्ठ, यती एयरलाइन्सकी चन्दा राई शेर्पालगायत सेलिब्रेसनमा उपस्थित थिए ।

‘सिपस्टर बाई अनानिक’को उद्घाटन उपस्थित सबै सेलिब्रिटीले संयुक्त रूपमा गरेका थिए । अनानिक ब्युटी सैलुनका सञ्चालक सुर्विन राईले जीवन खुशी बनाउन सहयोग पुग्ने विश्वासमा गत वर्षजस्तै तीज सेलिब्रेसन गरेको बताए ।

उनले अनानिक ब्युटी सैलुनको क्षेत्रफललाई रिनोभेसन गरेर दोब्बर फराकिलो बनाएको बताउँदै उत्तरतर्फ अनानिक ब्युटी सैलुन स्कुल र दक्षिणतर्फ सिपस्टर बाई अनानिक खोलेका बताए । राईले ब्युटी व्यवसाय हुँदै आफ्नो यात्रा फुड एन्ड बेभरेज (क्याफे बार) व्यवसायतिर पनि विस्तार भइरहेको बताए । तीज कार्यक्रमका लागि खानाका परिकार सेफ सन्तोष साह आफैंले तयार पारेका थिए ।

सेफ सन्तोषका नेपाली मौलिक परिकारको स्वाद, चर्चित गीतहरुमा नृत्य गदै रमाएका थिए सेलिब्रिटीहरू । मध्याह्नदेखि राति ११ बजेसम्म नयाँ बानेश्वर स्थित अनानिक ब्युटी सैलुन एन्ड स्पामा सबै सेलिब्रिटीहरू एकसाथ झुमेका थिए ।

प्रतिक्रिया