Bisal Chautari Logo

‘प्रेमगीत ३’को दोस्रो टिजर (नेपाली – हिन्दी) सार्वजनिक

- ३ भाद्र २०७९, शुक्रबार १३:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र १ बुधबार ।
बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् ।

दोस्रो टिजरमा पनि प्रेमको (प्रदीप खड्का) चरित्रले महत्व पाएको छ । दोस्रो टिजरको बटमलाइन पनि मुख्य पात्रले राजगद्दी वा प्रेममध्ये एक छान्नुपर्ने संघर्ष नै देखाइएको छ । दोस्रो टिजरमा पनि हिन्दी स्वरांकन र ब्याकग्राउन्ड स्कोरले बलियो बनेको छ ।

निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुनेछ । तर चलचित्र चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष र छेतेन गुरुङले चलचित्र निर्देशन गरेका हुन् । प्रदीपसंगै क्रिस्टिना गुरुङ, मनिष राउत, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा र शिव श्रेष्ठको समेत अभिनय छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

प्रतिक्रिया