Bisal Chautari Logo

‘बाबरी’को ट्रेलर सार्वजनिक || अदितीको माया पाउन २ धिरजको लडाई

- ३० श्रावण २०७९, सोमबार २१:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन ३० सोमबार ।
चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री अदिती बुढाथोकीको माया पाउन धिरज मगर र धिरज नाडकरबीचको लडाइँले ट्रेलर रोचक बनेको छ । यो चलचित्र भदौ ३१ गतेबाट रिलिज पोस्टपोन्ड भएर असोज १४ (बडा दशैं) मा सरेको छ ।

‘बाबरी’को सार्वजनिक ट्रेलरमा धिरज मगरको बोल्ड आवाज र धिरज नाडकरले हिन्दी टोनमा बोल्ने नेपाली संवाद दर्शकका लागि नयाँ लाग्न सक्छ । नाडकर, भारतीय मुलका हुन् । धिरज, अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् ।

सुरेन्द्र पौडेलद्वारा लिखित तथा निर्देशित चलचित्रमा त्रिकोणात्मक प्रेमकथा देख्न सकिन्छ । चलचित्रमा आधारित चलचित्रमा दुई धिरज र अदितीका अलावा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतको पनि अभिनय छ । धिरजले ‘बाबरी’बाट नेपाली फिल्ममा डेब्यू गरेका हुन् । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुष्मा गुरुङ छिन् ।

चलचित्रमा कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ । फिल्मको ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला चर्चाको शिखरमा छ ।

प्रतिक्रिया