Bisal Chautari Logo

‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक

- २८ श्रावण २०७९, शनिबार ११:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन २८ शनिबार ।
नेपाल र भारतमा एकैदिन प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर रिलिज भएको छ ।

भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् । आसुसेन फिल्मस्को युट्युव च्यानल मार्फतपनि हिन्दी हिजर रिलिज गरिएको छ । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दी मध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ ।

१ मिनेट लामो टिजरमा प्रदीपलाई पर्याप्त स्थान दिइएको छ । हिउँले भरिएको मुस्ताङका आकर्षक दृश्य सहितको टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । प्रेमगीतको ब्रान्ड भ्यालु चाहिँ रोमान्स नै हो ।

टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि पनि अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ । निर्माताले फिल्मलार्ई हिन्दीमा डबिङ गरेर हलमा प्रदर्शन गर्न लागेको पहिलो चलचित्रको रुपमा प्रचारप्रसार गरेको छ । ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया