Bisal Chautari Logo

‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक || धिरज नाडकर अदितीसंग रोमान्टिक

- २७ श्रावण २०७९, शुक्रबार ११:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन २७, शुक्रबार ।
भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यसअघि धीरज मगर र अदिती बुढाथोकीलाई मात्र पोस्टरमा समेटिएको थियो ।

बिहीबार सार्वजनिक नयाँ पोस्टरमा डेब्यु अभिनेता धीरज नाडकर पनि अटाएका छन् । धिरज अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । तृप्तिले कुनैबेलाका हिट नेपाली चलचित्रहरु सम्झना, कुसुमे रुमाल, साइनो, लाहुरे, कोसेली, कुसुमे रुमाल २ मा अभिनय गरेकी छन् । तृप्तिका सुपुत्र धीरजको यो डेब्यु नेपाली चलचित्र हो ।

सार्वजनिक पोस्टरमा चलचित्रको कथावस्तु त्रिकोणात्मक रहेको अनुमान गर्न सकिन्छ । चलचित्रमा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङको पनि अभिनय छ ।

चलचित्रको ट्रेलर साउन ३० गते रिलिज हुँदैछ । निर्देशक पौडेलको कथा र सम्पादन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन तथा एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ । चलचित्रको अहिले सम्म सार्वजनिक भएका गीतहरुले चर्चा बटुल्न सफल भएको छ । बाबरी फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता छन् भने सुष्मा गुरुङ सहनिर्मात्री हुन् ।

प्रतिक्रिया