Bisal Chautari Logo

तुङ्बाको साथमा, बिजय लामाको एकल साँझमा झुमे दर्शक (फोटो फिचर सहित)

- १६ जेष्ठ २०७१, शुक्रबार ०२:३८ मा प्रकाशित


bijay lama

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ १६ शुक्रवार । हिजो गणतन्त्र दिवसको दिन देशभरमा विभिन्न कार्यक्रमहरु आयोजना भयो होला । तर हिजो गणतन्त्र दिवसकै दिन काठमाडौँको प्रज्ञा भवनमा भने नेपाली साङ्गीतिक क्षेत्रका दर्शकहरुले गाए अनी नाचे ।bijay lama (4)
तर यो कुनै गणतन्त्र दिवसको रुपमा भएको कार्यक्रम भने होइन । प्रशंग हो प्रज्ञा प्रतिष्ठानको हलमा भएको शिक्षाको लागी संगीत नामक भव्य कन्र्सटको । प्रज्ञा–प्रतिस्ठानमा खचाखच दर्शकहरुले भरिभराउ एकल साझमा गायक बिजय लामा कालो कपालमा केही मग हानिएको, अनी खैरो रङको कोटसंगै सेतो टिसर्ट र जिन्स पाइन्टमा उपस्थित भएका थिए । उनको पर्खाइ उपस्थित दर्शकहरुले निकै समय गर्नुपरेको थियो । कार्यक्रमम ठिक ५ बजे सुरु भएको थियो ।

[gss ids=”3714,3713,3712,3711,3710,3709″]

जब गायक बिजय लामा स्टेजमा उक्लिए, दर्शकहरुले गडगडाहट तालिका साथमा स्वागत गरे ।उनले कार्यक्रममा उक्लिदा जुनेली रातमा बोलको गीत गाउँदै स्टेजमा प्रस्तुत भएका थिए । कार्यक्रममा उत्रदा उनी ६ जना ब्याण्ड मेम्बरहरुका साथमा उक्लिएका थिए ।
त्यसपछि क्रमश : काभ्रे जिल्ला, तामाङ सेलो, ए कान्छि तिम्रो मायाले मात लगायो, मेरो माया अकबरी सुन जस्तो, बिहे भाको छैन वाइबाको, सुनको चुरा, तातो पानी खास्साको बजारमा, मन मिल्यो भने, कान्छि तिमिलाई, सायद माया सस्तो भयो, सोलुखुम्बु, च्याङ्बाले गीत गाएकै हो, सोल्टिनीको भट्टिमा रात बित्यो, भोलि फर्कि आउछौ आउदिनौ, माया खलबलिन्छ र अन्तिम आफ्नो चर्चित गीत नखानु पानी तुङ्बाको गाएर दर्शकहरुबाट ओझेल परेका थिए ।
गायक लामाले एकपछि अर्को गर्दै लगायतार दर्शकहरुलाई आफ्नो पोल्टामा पार्नपनि सफल रहे । गायक लामाले लगातार १६ गीत प्रस्तुत गरिरहदा कतैपनि दर्शकहरुले हाई काढ्ने ठाउ थिएन । एकपछि अर्को गर्दै दर्शकहरुलाई गायक लामाले नचाइरहन सफल रहे । जति महिला फ्यानहरु उनको गीतमा उफ्रि– उफ्रि नाचिरहेका थिए, त्याति नै मात्रामा पुरुष फ्यानहरुपनि उफ्रिनमा ब्यास्त थिए ।
लावाङ् इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको शिक्षाक लागी संगीत नामक एकल साँझबाट उठेको रकम दुर्गम क्षेत्रका विभिन्न स्कुलहरुलाई स्वयम गायक बिजय लामाले प्रदान गरे ।
नेपाली साङगीतिक क्षेत्रमा १५ वर्षको यात्राको क्रममा १०० भन्दा बढि गीतहरु गायक विजय लामाले गाइसकेका छन् । अहिले सम्म ६ वटा एल्वम ल्याइसकेका गायक लामाको क्रमश : वेशहरा जिवन, लास्सो, ओम माने पेमे, दोर्जे, विथ अफ मंगोलियन, द पर्फमर सोलो एल्वमहरु हुन् ।

प्रतिक्रिया