Bisal Chautari Logo

मौलिक पारिवारिक कथामा ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक

- २२ श्रावण २०७९, आईतवार २०:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन २२, आइतबार ।
भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । गत आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ ।
अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माबीचको नोकझोंक र लडाइँले ट्रेलरमा रोमान्चकता थपेको छ । चलचित्रमा केकी र आँचल जेठानी–देवरानीको भूमिकामा छन् । त्यस्तै मुकुन भुषाल र कुशल बिष्ट दाजु–भाईको भुमिकामा रहेका छन् ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको ‘झिँगेदाउ’मा केकी र आँचल, मुकुन र कुशल बिष्टका अलवा हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कृतिमाथि बनेको चलचित्रको पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

बिष्णु कल्पितको छायांकन रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । चलचित्रमा समावेश ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीत यतिबेला दर्शकमाझ चर्चित रहेको छ ।

प्रतिक्रिया