Bisal Chautari Logo

आर्यन सिग्देलले साइन गरे नयाँ फिल्म ‘सायरा’

- २३ श्रावण २०७९, सोमबार १७:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन २१, शनिबार ।
चकलेटी अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । पर्दामा लभ स्टोरी कथालाई जीवन्त बनाउन माहिर मानिने चकलेटी लुक्सका आर्यनले अभिनय गर्न लागेको नयाँ चलचित्र हो, ‘सायरा’ । उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् ।

रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्र सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन चलचित्रको विषयवस्तुले आकर्षित भएका हुन् । उनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेका हुन् । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको चलचित्र ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।

Aryan Sigdel & Raghu Pariyar

चलचित्रका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए । ‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ रघुले भने । उनले फिल्मको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । चलचित्रमा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन–अप पुरा भएपछि पूर्ण रुपमा जानकारी दिने छौँ । निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले बताए । उनले चलचित्रको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । चलचित्रको अधिकाँस छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए ।

आर्यनले केहि समय अगाडी निर्माण तथा अभिनय गरेको फिल्म ‘कायारा’ उस्तै नाम भएको ‘सायरा’ मा काम गर्ने तयारी गर्न लागेका हुन् । केहि चलचित्रको तयारीमा रहेका आर्यनले यो चलचित्र आउँदो दसैँ र तिहारको समयमा छायांकन गर्ने गरी तयारी गरिरहेका छन् ।

प्रतिक्रिया