विशाल चौतारी समाचार
काठमाडौ, १३ फाल्गुन । पछिल्लो समयमा नेपाली कलाकारहरुको कन्र्सट भव्य हुने परम्परा बस्न थालेको छ । यस्तै क्रममा कतारको दोहास्थित हमाद स्टेडियममा नेपाली सुगम संगीतका गायक यम बराल र गायिका रेश्मा सुनुवारको अहिले सम्मको अविश्मरणिय कन्र्सट बनेको छ ।

कन्र्सट सकाएर अहिले नमस्ते ब्याण्डको ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०१४’का लागी नेपाल आएका गायक यम बरालले विशाल चौतारीसंगको कुराकानिमा आफ्नो अहिले सम्मकै ठुलो र महत्वपुर्ण कन्र्सट भएको बताए ।

उनले निकै मख्ख हुदै भने–‘हजारौं दर्शकलाई एकसाथ स्टेडियममा नचाउनु जीवनकै पहिलो क्षण रहेको थियो ।’ गायक यमले आफ्ना चर्चित गीतहरु ‘निष्ठुरीले छोडेर गइहाली…….’, ‘बादलुको घुम्टोले……….’, ‘लुकूँलुकूँ लाग्यो मलाई……….’, ‘बादलजस्तो त्यो कालो केशमा।।।’ बोलको गीत गाएका थिए । गायक यम बरालले यी गीतहरु गाउँदा सुरक्षाकर्मीलाई माहोल नियन्त्रणमा गार्हो परेको थियो ।

उता अर्की गायिका रेश्मा सुनुवारले ‘मै ठूली भै छु रे……….’ बोलको गीत गाउँदा युवा पुस्ताहरु मञ्चलाई नै झत्कने गरी वाहीवाही दिएका थिए ।
प्रतिक्रिया