Bisal Chautari Logo

राजेशपायल साङ्गीतिक वल्र्ड टुरमा निस्कदै, पहिलो चोटी अमेरीका

- १५ जेष्ठ २०७१, बिहीबार ०६:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १५ शुक्रबार । नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेशपालय राई पहिलो चोटी अमेरीका जादै वल्र्ड टुरमा निस्कने भएका छन् । वल्र्ड टुरका लागी राजेशपायल भोली १६ गते नेपाल त्रिभुवन विमान स्थनलबाट यात्रालाई अगाडी बढाउनेछन् । आयोजनकका अनुसार राईले अमेरिका र क्यानाडाको बिभिन्न शहरमा आगामी जुन महिनामा पहिलो चोटी कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
सांगीतिक टुरमा उत्तर अमेरिका हुँदै मध्ये पुर्वी देश मलेसियामापनि साङ्गीतिक कन्र्सट रहेको छ । त्यसभन्दा अगाडि गायक राईले अष्ट्रेलियामा कार्यक्रम गर्दैछन् । अष्ट्रेलिया कार्यक्रम सम्म गायक राईसंगै मितज्यु राजेश हमालपनि हुनेछन् ।
आयोजकले बताए अनुसार अमेरिकामा कार्यक्रमको लागि भने आगामी जुन १३ तारिख टेक्सास राज्यको ह्युस्टन ओर्लनेछन् । उनले ह्युस्टनमै १५ तारिख पहिलो कार्यक्रम प्रस्तुत गर्ने आयोजक मध्येका घलेले बताए । उनका अनुसार राईले २२ तारिखमा ओहाइयो राज्यमा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
पछिल्लो समयमा आधुनिकदेखी पाश्र्व गायनसबै राजेशपायल राईको नाम अगाडी आइरहेकाले अमेरिकाभर नै नेपालीहरुले राजेशपायलको कार्यक्रमको लागि माग भईरहेकोले गायक राईले कार्यक्रममा बोलाइएको बताए । तर समयको अभावले सबै ठाउँमा कार्यक्रम प्रस्तुत गर्न नसक्ने आयोजकले बताएका छन् ।
त्यस्तै राई इज किङ राजेशपालयल राईले पहिलो चोटी अमेरिका भ्रमणमा आउन पाएपनि दर्शक श्रोताहरुको माग भए अनुसार कार्यक्रम प्रस्तुत गर्न नभ्याएकोमा दुखेसो व्यक्त गरे । अमेरिका आउने निश्चित हुन नपाई नै अन्य देशमा कार्यक्रम तय भएको कारण सबै अमेरीकाको सबै ठाउको कन्र्सट गर्न नपाउने बताए । राई अमेरिकाबाट जुन २३ तारिख क्यानाडा जाने कार्यक्रम रहेको छ । उनले जुन २८ मा क्यानाडामा कार्यक्रम सके लगतै मलेसिया उड्नेछन् । मलेसियाका बिभिन्न ४ शहरमा कार्यक्रम तय भईसकेको बताए ।

प्रतिक्रिया