Bisal Chautari Logo

‘सम्हालिन्छ कहिले मन’ ट्रेलर सार्वजनिक || पूजा र सोनमको प्रेममा आकाशको प्रवेश

- २० श्रावण २०७९, शुक्रबार २१:११ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन २१, शनिबार ।
भदौ १७ गतेदेखि रिलिज हुने तयारीमा रहेको सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । भदौ १७ गतेदेखि रिलिज हुने तयारीमा रहेको चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ ।

गायनमा चर्चा कमाएका सोनमले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन् । ट्रेलरमा पूजा, आकाश र सोनम बीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई चित्रण गरिएको छ । सोनम र पूजाको प्रेममा आकाशको प्रवेश रोचक रहेको छ । चलचित्रमा मरिस्का पोखरेलको पनि केमियो देख्न सकिन्छ ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । चलचित्रमा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र जेम्स प्रधानले संगीत दिएका छन् । शैलेन्द्रमान प्रधानको ब्याकग्राउन्ड स्कोर, अर्जुन जीसीको सम्पादन रहेको चलचित्रको सहनिर्मातामा परी राना, अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिश खकुरेल र अंकित गौतम छन् । चलचित्रको गीत ‘जरुरी कुरा छ’ यसअघि नै हिट भइसकेको छ ।

प्रतिक्रिया