Bisal Chautari Logo

मोदिका निरौलाको स्वरमा ‘तीज आयो घुमेर’ सार्वजनिक || गीता ढुंगानाको छमछमी

- २० श्रावण २०७९, शुक्रबार १८:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन १९, शुक्रबार ।
नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक बढिरहेको समयमा गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द रहेको छ, भने कुशल गीतारबादक, गायक तथा संगीतकार अनिल शाहीको संगीतसंगै एरेञ्जपनि रहेको छ । यो गीतको मिक्सिङ, मास्टरिङ तथा रेकर्ड ब्लुबेरी स्टुडियोले गरेको हो ।

मौसबी क्रियशनको प्रस्तुतीमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गीता ढुंगानाले छममछी ठुम्का लगाएकी छिन् । भिडियोमा गीताको साथमा गायिका मोदिकाको नृत्य देख्न सकिन्छ । गीतको शब्द अनुसार हरेक वर्ष घुमेर आउने तीज पर्वलाई भिडियोमा मज्जाले उतारिएको छ । भिडियोमा गीता र मोदिका धपक्कै बलेका छन् ।

ब्लुबेरी अडियो, भिडियो स्टुडियो टिमले निर्देशन गरेको म्युजिक भिडियोमा सोहन मानन्धरको सिनेमाटोग्राफी, इडिट तथा कलर रहेको छ । रेश्मा खड्कीको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियो मौसबी क्रियशन युट्युव च्यालनबाट सार्वजनिक भएको हो । यस भन्दा अगाडी मौसबी क्रियशनमा गीतकार भुवनको ‘हाम्रो माया संसारमै नभाको’, तिम्रो हात समाएर’ लगायत गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया