Bisal Chautari Logo

३० वर्ष अगाडी लेखिएको ‘के वर मागी फर्क्यौ’ गीत ‘परदेशी २’मा || प्रकाश र केकी प्रेमिल जोडी

- १६ श्रावण २०७९, सोमबार २०:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन १६, सोमबार ।
वरिष्ठ गीतकार रमेश पौडेलले ३० वर्ष अगाडी लेखेको ‘के वर मागी फर्क्यौ भन’ बोलको गीत ‘परदेशी २’मा पुन रेकर्ड गरेर चलचित्रमा राखिएको गीत सार्वजनिक गरिएको छ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को ‘के वर मागी फक्र्याै’ बोलको प्रेमिल गीत भगवान् शिवको विशेष दिन पारेर सोमवार सार्वजनिक गरिएको हो । निशान भट्टराईको स्वरमा २० वर्षपछि यो गीतलाई पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको गीतमा निर्देशक रायमाझीकै संगीत रहेको छ ।

आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’को यस गीतको भिडियोमा चलचित्रका डेब्यु अभिनेता प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी फिचर छन् । गीतको शब्द अनुसारकै प्रकाश र केकीमा प्रेमभाव झल्किएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा प्रकाशलाई भने बलिउड अभिनेता शाहरुख खानको ‘सिग्नेचर स्टाइल’ कपि गरेको भन्ने प्रश्न चाही प्रेमटिममै आएको थियो ।

नारायण इन्टरनेशनलको प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । ‘परदेशी २’मा केकी र प्रकाशका अलावा प्रशान्त तामाङ्ग, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय रहेको छ । गायन क्षेत्रमा ठूलो ख्याती कमाएका प्रकाश सपुतले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गरेका हुन् ।

बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछानेसँगै गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । फिल्मको वितरण काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनीले गर्नेछ । यो चलचित्रको पहिलो श्रृंखला बक्सअफिसमा सुपरहिट भएको थियो ।

प्रतिक्रिया