Bisal Chautari Logo

नेपाली चलचित्रको फड्को : ‘प्रेमगीत ३’ नामबाटै नेपालसंगै भारतमा एकसाथ रिलिज || ओटीटीमा अमेजन

- १६ श्रावण २०७९, सोमबार १२:१० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन १६, सोमबार ।
नेपाली चलचित्रहरु विश्व बजारमा कहिले पुग्ने भन्ने धेरैको प्रश्नसंगै चाहना थियो । अन्ततः नेपाली चलचित्रले पहिलो चोटी एक पहिलो फड्को मार्न सफल भएको छ ।

नेपालमा सर्वाधिक चर्चा र प्रतिक्षित बनेको चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैदिन प्रदर्शन हुने भएको छ । भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माताले चलचित्र असोज ७ गते रिलिज हुने जानकारी दिएका हुन् ।

स्व. छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘प्रेम गीत ३’लाई जी–म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टले भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको ८ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ । यसअघि ‘विश्वजितम’ शीर्षकमा भारतमा चलचित्रलाई रिलिज गर्ने बताइएपनि टाइटल ‘प्रेमगीत ३’ नै रहने भएको छ ।

अभिनेता प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको चलचित्रलाई निर्माताले महंगो मूल्यमा चलचित्रको राइट भारतमा बेचेका हुन् । मधु इन्टटेनमेन्ट र युएफओले फिल्मलाई नेपालबाहेक विश्वभर रिलिज समेत गर्नेछ । सेप्टेम्बर १ मा हिन्दी संस्करणको ट्रेलर समेत आउने भएको छ ।

प्रतिक्रिया