Bisal Chautari Logo

विरेनलाई छोएरै चिनिन् गरिमाले (भिडियो सहित)

- १४ फाल्गुन २०७०, बुधबार ०६:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १४ फागुन ।
पछिल्लो समय नेपली चलचित्र क्षेत्रमा निकै व्यास्त रहेका अभिनेत्री गरिमा पन्तले अभिनेता विरेन श्रेष्ठलाई छुदैमा चिनिन् । तर यो छुवाई चलचित्रको गीतमा रहेको छ ।  प्रसंग हो स्वगिर्य वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीले निर्देशन गरेर रिलिज हुन बाँकी रहेको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’को एक गीतको । चलचित्रको एक प्रेम भावले ओतप्रोत गीत ‘छुँदैमा चिनियो’ बोलको गीतमा गरिमा र बिरेनले आफ्नो मायाको भावहरु पोखेका छन् ।
बसन्त सापकोटाको संगीत रहेको यो गीतका रचनाकार स्वगिर्ग निर्देशक रेग्मी नै हुन् । प्रस्तुत भिडियोका करियोग्राफर हिमग्याप टासी हुन् । अभिनेता विरेन श्रेष्ठ र गरिमा पन्तको मुख्य भूमिका रहेको यो चलचित्र नेपाली नयाँ बर्षको अवसर पार्दै चैत २८ गते प्रदर्शन हँदैछ । चलचित्रमा अभिनेता श्रेष्ठ र सुनिल सिटौलाको संयुक्त लगानी छ । ‘मनले मनलाई छुन्छ’ त्रिकोणात्मक प्रेमकथाको पारिवारिक चलचित्र हो । मिराकल मिडिया प्रालीको प्रस्तुती रहेको फिल्ममा विरेन र गरिमाको साथमा सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगायतका कलाकारको भूमिका छ । स्व.निर्देशक रेग्मी र मौनता श्रेष्ठको पटकथा एवम् संवाद रहेको चलचित्रमा हिमाल केसीको दन्द्ध निर्देशन छ । चलचित्रका छायाँकार शम्भू सापकोटा हुन् ।

प्रतिक्रिया