Bisal Chautari Logo

‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक

- १२ श्रावण २०७९, बिहीबार १३:२३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन १२, बिहिबार ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा चलचित्रका चल अचल दृश्य समावेश गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिककारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । चलचित्रमा पहिलो पटकक अभिनेत्री केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिएका छन् । चलचित्रको यसअघि सार्वजनिक गीत ’आगो बिना बिँडी जल्दैन’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको निर्माण टिमले यो गीतबाट पनि दर्शकको मन जित्ने अपेक्षा राखेको छ ।

कपनगडी चलचित्र र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको सिनेमाको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाको सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले सिनेमालाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए । आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने सिनेमामा केकी र आँचलले पहिलो पटक एकसाथ पर्दा सेयर गरेका हुन् ।

प्रतिक्रिया