Bisal Chautari Logo

ज्वाला राईको ‘माया जाल’ सार्वजनिक || मानषीको मुस्कानमा मख्ख ज्वाला

- ६ श्रावण २०७९, शुक्रबार २३:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन ६, शुक्रबार
। भ्वाईस अफ नेपाल सिजन ३ का फाइनलिस्ट गायक ज्वाला राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘माया जाल’ बोलको म्युजिक भिडियो ज्वाला राईकै युट्युव च्यालनबाट सार्वजनिक गरिएको छ ।
यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ । देबेश राईले यो गीतलाई संगीत संयोजन गरेका छन् ।

यस म्युजिक भिडियोलाई गायक स्वयम ज्वालाले नै निर्देशन गरेका छन् । भिडियोमा ज्वालासंगै मोडल मानषी तामाङ फिचर्ड छन् । लुटपाटको घटनालाई आधार बनाएर प्रस्तुत गरिएको भिडियोमा ज्वाला ब्याड लभर ब्वाईका चरित्रमा देखिएका छन् । भिडियोमा विशम आचार्य, बिबस भट्टराई, बिक्रम तामाङ र पारु चौधरीको समेत अभिनय देख्न सकिन्छ । भिडियोमा फराज अर्पणको डिओपी र बिशाल थापाको छायाँकन रहेको छ । यस भिडियोमा ज्वालाकै सम्पादन समेत रहेको छ ।

प्रतिक्रिया