Bisal Chautari Logo

अमिताभले गरे ‘भुतनाथ रिटन्र्स’को ट्रेलर सार्वजनिक

- १४ फाल्गुन २०७०, बुधबार १५:३९ मा प्रकाशित


मुम्बई : सन् २०१४को सबैभन्दा बढि आसा राखिएको बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चनको चलचित्र ‘भुमनाथ रिटन्र्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । गत २५ फेब्रुअरीमा मुम्बईमा एक कार्यक्रमको आयोजना गरी सोहि चलचित्रका अभिनेता अमिताभले  चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन् ।
चलचित्र ‘भुतनाथ रिटन्र्स’ सन् २००८ मा रिलिज भएको भुतनाथको सिक्वेल रहेको छ । बलिउड समाचारका अनुसार चलचित्र ‘भुतनाथ रिटन्र्स’ को ट्रेलर हेर्दा लाग्छ, आफ्ना फ्यान तथा दर्शकहरुलाई यो चलचित्रबाट धेरै हसाउने वालामा रहेका छन् । चलचित्रको ट्रेलरमा अभिनेता अमिताभ बच्चन बच्चालाई डराउनको लागी कौशिस गरिरहेको देखिन्छ, तर बच्चा उनको अगाडी डराउनको साटो गिज्जाइरहेको देख्न सकिन्छ ।
चलचित्र ‘भुतनाथ रिटन्र्स’को ट्रेलरमा एक–एक सिनमा कमेडी देख्न सकिन्छ । ट्रेलर हेर्ने जो कोही पनि मज्जाले हास्न सक्छन् ।
चलचित्र ‘भुतनाथ रिटन्र्स’ लाई नितेश तिवारीले निर्देशन गरेका छन् । भुषण कुमार र अभय चोपडाले मिलेर चलचित्र ‘भुतनाथ रिटन्र्स’लाई निर्माण गरेका हुन् । चलचित्रमा विशाल शेखर र सलिम सुलेमानको म्युजिक सुन्न सकिने भएको छ ।

प्रतिक्रिया