Bisal Chautari Logo

दरबार सिनेम्याक्समा जोडियो वुल्फ एअर मास्क

- ५ श्रावण २०७९, बिहीबार २१:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन ५, बिहिबार ।
दरबार सिनेम्याक्सले फिल्म हेर्न आउने दर्शकका लागि अबदेखि मास्क लगाउन नपर्ने ब्यबस्था गरेको छ । नयाँ बर्ष ०७९ को अबसर पारेर गत बैशाख १ गतेदेखि संचालनमा आएको अत्याधुनीक प्रबिधि र सुबिधा सम्पन्न लक्जरीयस सिनेमा हलमा दर्शकको सहजतालाई मध्यनजर गरि कोभिड लगायतका कुनै पनि भाइरस तथा ब्याक्टेरियाले असर नगर्ने वुल्फ एयर मास्क एअर स्ट्रेरीलाइजेसन सिस्टम जडान गरिएको हो ।
गुण ग्रुपद्धारा संचालीत हलमा नेपालमै पहिलोपटक जर्मन प्रबिधिबाट निर्मित ‘वुल्फ एअर मास्क’ प्रयोगमा ल्याइएको हो । सो प्रबिधिले हावामा फैलने मोल्ड,कोरोना वा इन्फ्लुएन्जा भाइरस,एलर्जी,हानीकारक ब्याक्टेरिया,पराग कण,धु्लो,दुर्गन्धलगायत वरपरका क्लस्टरलाई केही मिनेटमै पूर्ण रुपले निस्प्रभावी बनाइ शुद्ध हावा उत्पादन गर्ने गर्दछ । सिस्टम जडान सम्बन्धी सम्झौतामा दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयरका तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरेका हुन् । वुल्फ एअर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त र बैज्ञानीक रुपमा समेत सबै उमेर र समूहका लागि उपयुक्त मानिन्छ ।
एअर स्ट्रेरिलाइजेसन सिस्टम जडान गर्ने देशकै पहिलो सिनेमा हल बन्न पाउदा खुशी लागेको दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश बताउँछन् । आफूहरु दर्शकको सुबिधा र स्वास्थ्यको बारेमा निकै सजक रहेकाले प्रबिधि जडान गरिएको कथन उनको छ । ‘दर्शकहरुको सुबिधा र स्वास्थ्यका लागि हामी कुनै कुरामा पनि कन्जुस्याइँ गर्न चाहन्नौं,’ उनी भन्छन्, ‘अब उप्रान्त हाम्रो सिनेमा हलमा बिना मास्क फिल्म हेर्न पाइने छ । कोरोनाको जोखिम कायमै रहे तापनि हलभित्र भने एअर स्ट्रेरिलाइजेसन सिस्टमले भाइरस सखाफ पार्ने भएकाले सबैलाई निर्धक्क सुबिधा लिनका लागि स्वागत गर्दछौ ।’

प्रतिक्रिया