Bisal Chautari Logo

सस्पेन्सले भरिएको ‘म’को ट्रेलर सार्वजनिक

- ५ श्रावण २०७९, बिहीबार २०:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन ५, बिहिबार ।
साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको सिनेमाको ट्रेलर सस्पेन्सले भरिएको छ ।
सुवर्ण थापा निर्देशित चलचित्र लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको हो । चलचित्रमा सरोज खनाल, निशा अधिकारी, संजोग रसाइली, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, लगायतको अभिनय रहेको छ । ट्रेलरमा सबै कलाकारलाई स्थान दिइएको छ । पुनम र संजोग यहि चलचित्रबाट डेब्यु गरेका हुन् ।
कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको फिल्मको क्रियटिभ निर्माता प्रकाश पुरी हुन् । फिल्मको पटकथा तथा संवाद पनि उनकै हो । तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्मको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् ।

प्रतिक्रिया