Bisal Chautari Logo

अनिल सिंहको देउडा गीत ‘रेलिमोई’ सार्वजनिक

- ५ श्रावण २०७९, बिहीबार १५:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन ३, बिहिबार ।
आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सके लगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ’रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेट मार्फत उनले गीत ल्याएका हुन् । विशेष गरि पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका हुन् ।
उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड पनि छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ । यो देउडा गीत हो । उनी सप्तरङ्ग नामक सांगीतिक टुरमा रहदा उनलाई देउडा गीत गाउनु पर्यो भन्दै प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराज मार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन् । गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला , निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सिजिआइ , भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन , सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।
झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमि छैन । किनकी उनको गायन शैली र गीत नै त्यस्तै छ । तात्कालिन अवस्थामा उनले रकस्टारको ट्याग पाएका थिए। किनकी उनको गीतमा रम्नेमा युवापुस्ता धेरै थिएँ ।

आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिल केहि समयको तयारी पश्चात गीतसंगीतमा फर्किँदैछन् । केही समय संगीतबाट विश्राम झैँ लिएर कन्सर्टमा केन्द्रित भएका अनिलले ‘रेलिमोई’ सँगै आफ्नो सक्रियता बढाएका छन् ।साथै , उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आइ लभ यु २ गीत छिटै दर्शक समक्ष ल्याउदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ’द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् ।
यसपटक उनले आफ्नै हित एल्बम ’द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नौ तयार गर्न लागेका हुन् । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजना अनुसार नै अगाडि आउने छन्’ अनिलले भने । उनले गीतसंगीतको बदलिदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेको समेत बताए । उनी यसकै लागि केहि समय कन्सर्टमा मात्र केन्द्रीत भएको समेत बताए ।
उनले आफ्नो हिट गीत इञ्जिन गाडीमा र आइ लभ युलाई कन्सर्टमा मात्र प्रस्तुत गर्ने भएका छन् । कन्सर्टमा गीत सुनिएपछि मात्र भिडियो मार्फत गीत सार्वजनिक गरिने छ । ’इञ्जिन गाडीमा पार्ट २ टुर’ मा उनीसँगै ब्याण्ड समेत रहनेछन् । उनीहरुले उपत्यकाको भिडभाड हुने क्लबहरुमा कन्सर्ट गर्नेछन् । उनको ब्याण्डमा भोकलिस्ट अनिल स्वयम् छन् भने किबोर्डमा सुनिल सिंह , लिड गीतारिस्टमा अनिश मानन्धर , बेस गीतारिस्टमा सन्दीप गुरुङ्ग , ड्रमरमा प्रज्वल निर्वाण रहेका छन् ।
गीत सुन्न आइपुगेका दर्शक तथा श्रोतालाई रियालिटी फिल्म होस् भनेर उनले ब्याण्डसँग कन्सर्ट गर्न लागेका हुन् । उनी युरोप र दुबईमा छिटै कन्सर्ट गर्दैछन् भने क्यानडा र अष्ट्रेलियाको लागि पनि तयारी छ । केहि समय स्टेजमा मात्र सिमित भएका अनिल अब गीतसंगीतसँगै स्टेजमा व्यस्त हुने योजना अनुसार अगाडी बढिरहेका छन् ।
‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर , ट्रेन्ड बुझेर आउनु पर्छु अनिलले भने । उनले आफू गीतसंगीतसँगै अन्य विविध कामहरूमा रहेको बताए । उनको छन् ।
यद्दपि ती गीतलाई उनले युट्युबको लागि तयार गरेका थिएनन् । अब उनले युट्युबको लागि कन्टेन निर्माण गर्दैछन् । आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उदेश्यले उनले ’म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन् । ’म युट्युबको लागि नयाँ छु । किनकी यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउदैछु’ उनले भने ।

प्रतिक्रिया