Bisal Chautari Logo

‘माइकल अधिकारी’ ट्रेलर : कोख बेच्ने दम्पतीको कथा, सौगात–सृष्टीको प्रशंसा

- ४ श्रावण २०७९, बुधबार २०:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन ३, बुधबार ।
चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । ‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने विधिको कथावस्तुमा आधारित चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल, सृष्टी श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर र एनी कुँवरको अभिनय छ ।
गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्रमा कमेडी र इमोसन दुवै भाव समेटिएको छ । रञ्जित रौनियार निर्देशित चलचित्रमा पैसाको लागि पत्नीलाई बच्चा जन्माउन अनुमति दिने मुख्य पात्र (सौगात र सृष्टी) ले जब बच्चा गुमाउनुपर्ने परिस्थिति आउँछ, अनि कोखको माया, बच्चाको माया, अभिभावकीय महसुस यो सिनेमाको कथावस्तु हो । यी सबै सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ ।

निर्माता निरक पौडेलले सन् २०१५ को कथावस्तुमा चलचित्र सुटिङ गरिएको र सरोगेसी आमाको सोच विचारलाई यसमा समेटिएको बताए । सरोगेसी विधि अपनाएका भारतीय सहरमा गरिएको रिसर्च अनुसार कथावस्तु तयार पारिएको पौडेलले बताए । पौडेलले सृष्टि र सौगातको काम गर्ने शैली र व्यवहारको प्रशंसा गरे ।
अभिनेत्री सृष्टि श्रेष्ठले आफू यो चलचित्रमा अहिलेसम्मकै भिन्न चरित्रमा देखिएको बताइन् । भदौ ३ मा रिलिज हुने चलचित्र माइकल अधिकारीको एक सातामै सौगातले निर्माण गरेको चलचित्र ‘राधा’ पनि रिलिज हुँदैछ ।
उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको चलचित्रमा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार यिओको अभिनय छ । मनोज केसी प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया