Bisal Chautari Logo

‘प्रकाश’को ट्रेलर सार्वजनिक || आमा–छोरा, प्रदीप र दीयाको संर्घष

- ३ श्रावण २०७९, मंगलवार २१:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ श्रावन ३, मंगलबार ।
भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रलरले चलचित्रको मूल कथालाई प्रस्ट्याएको छ । बेपत्ता श्रीमानको पखाईमा रहेकी एक महिला र सरकारी स्कूलको शिक्षक बन्न गाउँको एक विपन्न युवकले गर्नुपरेको संघर्षको कथालाई ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा अभिनेता प्रदीप खड्काको जुम्लेली जिवनशैली र उनले बोलेको भाषा पृथक छ । यस भन्दा अगाडी चकलेटी अभिनेताको ट्याग पाएका प्रदीप जुम्लेली पात्रमा मज्जाले खुलेका छन् । अभिनेत्री दीया मास्केको एक आमाको लुक्स र अभिनयपनि तारिफयोग्य रहेको छ । यो चलचित्रमा दीयाले प्रदिपको आमाको भूमिका निभाएकी छिन् ।
महेन्द्र अधिकारी निर्माता रहेको फिल्ममा प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ ।

प्रतिक्रिया