Bisal Chautari Logo

‘कृष्ण–लीला’को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ

- ३२ असार २०७९, शनिबार १८:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ ३२, शनिवार ।
बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ ट्रेलर बिहीबार सार्वजनीक गरिएको छ । युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी,रोमान्स,लभ,सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ ।
दीपक ओलीको निर्देशनमा बनेको फिल्म भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा उत्रदैछ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् ।
कृष्ण जन्माष्टमीको दिनमा दर्शकमाझ आउने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । रंगपत्रकार लक्ष्मण सुवेदी लिखित फिल्म पूर्वी नेपालको पाँचथर,इलाम,झापाका रमणीय स्थलहरुमा छायांकन गरिएको हो । शिब ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मको बितरण पनि निर्माण ब्यानर आरआर फिल्मस्ले गर्दैछ ।

फिल्मका सार्वजनीक ‘कुनै दिन यस्तो पनि..’ र ‘ए मेरो हजुर..’ बोलका दुवै गीत हिट भएसँगै निर्माण पक्ष ‘कृष्ण–लीला’ प्रति निकै उत्साहीत देखिएको छ । प्रदर्शनको मिति नजिकीदै जादा प्रचारप्रशारलाई तीव्रता दिएको यो फिल्मको कृष्ण र लीला अर्थात् अभिनेता पुष्प र अभिनेत्री श्रद्धाको जोडी पनि अहिले चर्चामा छ । फस्र्टलुक सार्वजनीक सँगै सबैको नजरमा परेको फिल्मले दर्शकको अधिक माया पाउने बिश्वास आम फिल्मकर्मीले गरेका छन् ।

प्रतिक्रिया