Bisal Chautari Logo

शुक्रवार हलमा : पूजा–आकाशको ‘सम्झना बिर्सना’ र केकीको ‘सिल्ली फो’

- ३१ असार २०७९, शुक्रबार ११:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ ३१, शुक्रवार ।
आज शुक्रवारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । निमेष प्रधान निर्देशित चलचित्र ‘सम्झना बिर्सना’ र राजबहादुर साने निर्देशित चलचित्र ‘सिल्ली फो’ आज शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएको छ ।
दुई चलचित्रमध्ये मल्टीप्लेक्समा शो र संख्यात्मक रुपमा सिंगल थिएटर ‘सम्झना बिर्सना’ले बढी पाएको छ । चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । पूजालाई राम्रो स्टारडम भएको अभिनेत्री भनिन्छ । तर, उनको स्टारडम आफैंले लगानी गरेको चलचित्रमा मात्र देखिँदै आएको छ । आदित्य प्रधान र रेविका प्रधानले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको पनि अभिनय रहेको छ । चलचित्रले चिया बगानमा काम गर्ने कर्मचारीको मुद्धालाई समेत उठाएको छ ।

त्यस्तै चलचित्र ‘सिल्ली फो’मा अभिनेत्री केकी अधिकारी हास्य अभिनेता रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने लगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया