Bisal Chautari Logo

विरोधपछि मेयर बालेनको घोषणा : म मेरो तलब बाट यम बुद्धको शालिक बनाउँछु

- २५ असार २०७९, शनिबार २०:०५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ २५, शनिबार ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले भनेका छन्, ‘म मेरो तलब बाट यम बुद्धको शालिक बनाउँछु । तपाईहरुको दिन शुभ रहोस् ।’
महानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा सालिक निर्माणको लागि बजेट विनियोजन गरेपछि विवाद सिर्जना भएको थियो । सामाजिक सञ्जाल र विभिन्न क्षेत्रबाट महानगरको उक्त कदमको विरोध हुन थालेपछि मेयर शाहले यस्तो घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०७९÷८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्धको शालिक निर्माणका लागि भनेर १५ लाख रुपैयाँ छुट्टाएको छ । गत असार १० गते पेश भएको उक्त बजेट तीन चरणको छलफल पश्चात् आज शुक्रवार सर्वसम्मत पास भएको हो ।
यम बुद्ध नेपाली ¥याप क्षेत्रका अग्रज कलाकारका रूपमा चिनिन्छन् । उनले सन् २०१७ मा आत्महत्या गरेका थिए । बालेन साह यम बुद्धद्वारा सञ्चालित ¥याप गायन सम्बन्धित कार्यक्रम ‘र बार्ज’ ¥याप ब्याटलमार्फत नै ¥याप क्षेत्रमा परिचित भएका हुन् ।

प्रतिक्रिया