Bisal Chautari Logo

नीता र हरिहर वैवाहिक जीवनमा बाँधिए || नीताले लेखिन्, Happily Married❤️Harihar

- २४ असार २०७९, शुक्रबार १९:१३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ २४, शुक्रबार ।
चर्चित अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी, अभिनेता हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको एक पाच तारे होटलमा उनीहरुको विवाह भएको हो ।
वैवाहिक समारोहमा दुलहा र दुलही पक्षका परिवार र आफन्तसँगै निकट फिल्मकर्मी, सञ्चारकर्मी र उपस्थित थिए । अरुलाई भने प्रवेश दिइएको थिएन ।
नीताले आफ्नो समाजिक सञ्जाल फेसबुकमा Happily Married ❤️ Harihar Adhikari लेखेर २ तस्बिर सियर गरेकी छिन् । जहा औंठी साटासाटको क्रममा हरिहर ढाकाको दौरा–सुरुवालमा सजिएका छन्, भने नीता रातो रंगको लेहंगामा धपक्क बलेकी छन् । चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेको हो ।

प्रतिक्रिया