Bisal Chautari Logo

जन्मदिनमा स्वस्तिमालाई हिराको औठी उपहार दिइन्, ‘चिसो मान्छे’ निर्मात्री शर्मिलाले

- २० असार २०७९, सोमबार २०:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ २०, सोमवार
। अभिनेत्री स्वस्तिमा खड्काको जन्मदिन बानेश्वर स्थित अनानिक ब्युटि सलोन एण्ड स्पामा भव्यताका साथ मनाइएको छ । स्वस्तिमाको २७ औ जन्मदिनमा चलचित्र ‘चिसो मान्छे’की निर्मात्री शर्मिला पाण्डेले हिराको औठी उपहार दिएकी छिन् । स्वस्तिमालाई उपहार स्वरुप दिएको हिराको औठी २ लाख ६५ हजारको रहेको शर्मिलाले बताइन् ।

स्वस्तिमा अभिनित चलचित्र चिसो मान्छे अहिले तेस्रो हप्तामा चलिरहेको छ । निर्मात्री शर्मिलाले जन्मदिनको अवसरमा तारिफ गर्दै स्वस्तिमासंगको सहकार्य आफ्नो पहिलो चलचित्रबाटै भएको र चिसो मान्छे चलचित्र सम्म आइपुग्दा सधै स्वस्तिमाले खुसी दिएको बताइन् । शर्मिलाले भनिन्, मेरो नजरमा र हाम्रो फिल्म इन्डस्ट्रिमा नम्बर १ हिरोइन मेरी स्वस्तिमा हो ।’
चलचित्र रिलिजपछि प्राय जसो कलाकार र निर्माताको सम्बन्ध बिग्रिने गरेको छ । तर अभिनेत्री स्वस्तिमा र निर्मात्री शर्मिलाको सम्बन्ध भने अझ बढी प्रगाढ बनेको देखिएको छ । अभिनेत्री स्वस्तिमाले पनि शर्मिलाको तारिफ गर्दै फेरीपनि सहकार्य निरन्तर हुने बताइन् ।

जन्मदिनमा स्वस्तिमालाई श्रीमाण तथा सफल निर्देशक तथा अभिनेता निश्चल बस्नेत, निर्देशक तथा कलाकार दीपाश्री निरौला, अभिनेता तथा निर्देशक अर्पण थापा, सफल निर्देशक दिपेन्द्र के खनाल, निर्मात्री शर्मिला पाण्डे, अनानिकका सुर्बिन बान्तावा लगायतले शुभकामना दिएका दिएका थिए ।

प्रतिक्रिया