Bisal Chautari Logo

‘सम्झना विर्सना’दोस्रो ट्रेलरमा पूजा–आकाशको प्रेम देखी चिया बगानका मजदुरहरुको समस्या

- १९ असार २०७९, आईतवार ११:१० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ १९, आइतवार ।
यही असार ३१ गतेबाट प्रदर्शन आरम्भ गर्न लागेको फिल्म ‘सम्झना विर्सना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो टिजर सार्वजनिक गरेको हो । जागिरको खोजीमा रहेकी अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ हाकिम रहेको अफिसमा कर्मचारीको रुपमा भित्रिएपछि आउने उचार–चढावलाई ट्रेलरमा देखाइएको छ ।
चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । ट्रेलरमा आकाश र पूजाबीचको प्रेमलाई प्राथमिकताका साथ देखाइएको छ । तर आकाशको मनमा छुल्ठिम गुरुङ रहेको ट्रेलरको संवादले बुभ्न सकिन्छ । त्यसपछि पूजा र छुल्ठिमको आमने–सामने भएको दृश्य देख्न देखिन्छ । चिया बगानका मजदुरहरुको समस्यालाई पनि ट्रेलरमा दिइएको छ ।
निमेष प्रधान लिखित तथा निर्देशित चलचित्रमा सुनील थापा र शिशिर राणाको पनि मुख्य भूमिका रहेको छ । दार्जिलिङ, सिलगुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको चलचित्रलाई अद्वितीय प्रधानको प्रस्तुतिमा रेविका प्रधानले निर्माण गरेकी हुन् । सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका दुई गीत चर्चित बनेको छ ।
आदित्य फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई शिव ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’को छ । चलचित्रका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्रको वितरण आरआर फिल्मस्ले गर्दैछ । पूजा र आकाश करीब चार वर्षपछि पुनः ठूलो पर्दामा एकसाथ देखिँदैछन् ।

प्रतिक्रिया