Bisal Chautari Logo

दयाहाङ, विपिन स्टार ‘के घर के डेरा’को ३३ औं दिनमा इन्डक्ल्याप

- १४ असार २०७९, मंगलवार १७:१० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ १४, मंगलवार ।
दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को इन्डक्ल्याप गरिएको छ । मंगलबार राजधानीको नेपाल कला परिषदमा सिनेमाको अन्तिम दृश्यको छायांकन गर्दै सिनेमाको सम्पुर्ण छायांकन सकिएको होे । निर्देशक खनालका अनुसार क्यामेरा अन भएको ३३ औं दिनमा सिनेमाको छायांकन सकिएको बताए ।
निर्देशक खनालले आफ्नो सोच अनुसार नै सिनेमा निर्माण भएको सुनाए । सिनेमाका कलाकारले आफुलाई राम्रो साथ दिएकाले पनि ‘के घर के डेरा’को रिजल्ट राम्रो निस्किनेमा विस्वस्त रहेको निर्देशक खनालको भनाई छ । आफ्नो हरेक सिनेमामा दर्शकले पाउने सम्पुर्ण खुराक ‘के घर के डेरा’मा पाउने विश्वास व्यक्त गरे । सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिएको छ ।
ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमाले काठमाडौंमा बस्ने सम्पुर्णको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरामा बसाईको अनुभव पनि अभिनेता दयाहाङ राई इन्डक्ल्यापमा साटेका छन् ।
यही वर्ष रिलिज तयारी रहेको सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमामा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहने छन् ।

प्रतिक्रिया