Bisal Chautari Logo

झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक || झिँगा, सिक्का र केकीको स्वर

- १६ असार २०७९, बिहीबार १०:५५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ १६, बिहिवार ।
ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक टाइटल टिजरबाट सिनेमाको कथासार बुझाउन खोजेकोे बताए । सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।
निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफुने टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । आगामी भदौ १७ गतेबाट सिनेमा नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाको पोस्ट प्रोडक्सनको सम्पुर्ण काम सकिएकाले अब आफु पुर्ण रुपमा सिनेमाकको प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको सिनेमामा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाका सह-निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।
सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ । सिनेमामा केही र आँचल जेठानी देउरानीको भुमिकामा देखिने छन् । रामजी लामिछानेकको कोरियोग्राफी रहेको केहीदिन अघि श्रीकाली चौरमा खिचिएको सिनेमाको गीत आगामी हप्ता रिलिज गर्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया