Bisal Chautari Logo

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकार छाड्दै

- १२ असार २०७९, आईतवार १७:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ १२, आइतवार ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज आइतबार सरकार छाड्ने भएकी छन् । त्यसका लागि उनले आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउनेछिन् ।
मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर मन्त्रीहरुले बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएर सरकार छाड्ने बताएका थिए ।
आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाड्ने जानकारी गराउन लागेकी हुन् ।

प्रतिक्रिया