Bisal Chautari Logo

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा ज्योतिराज राई

- १२ असार २०७९, आईतवार १३:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ १२, आइतवार
। आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को नयाँ समिति गठन भएको छ । विराटनगरमा आयोजित आदिवासी जनजाति चलचित्र विषय देशव्यापी अभिमुखीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
थुप्रै फिल्म र टेलिफिल्म निर्माण गरिसकेका राई चलचित्र विकास बोर्डको आदिवासी मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजक समेत थिए । विभिन्न सामाजिक कार्यमा समेत सक्रिय राई निर्माता संघमा पनि सक्रिय छन् ।
महासंघ प्रदेश १ को उपाध्यक्षमा दीपनारायण राजवंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्रराज भुजेल र कोषाध्यक्षमा पेशलकुमार सुनुवार चयन भएका छन् ।
आदिवासी जनजाति चलचित्र महासंघले फिल्म प्रवद्र्धनका लागि सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया