Bisal Chautari Logo

दयाहाङ र सौगातको फरक गेटअपमा ‘२ नम्बरी’को फस्टलुक रिलिज

- ८ असार २०७९, बुधबार १९:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ ८, बुधवार ।
रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ ।
दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।
फिल्मको फस्टलुकमा मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्दि तामाङलाई देख्न सकिन्छ ।

फिल्ममा दया र सौगातको गेटअप केही फरक छ । २ साथीको मित्रताको कथामा बनेको यो फिल्मको फस्टलुकले उत्सुकता जगाउने निश्चित छ ।
फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।
फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । यो फिल्म कार्तिकको ४ गतेबाट तिहारको अवसरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया