Bisal Chautari Logo

भदौ १७ मा, पूजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’

- १ असार २०७९, बुधबार १७:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ १, बुधवार ।
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा स्टार चलचित्र ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि तीन पटक प्रदर्शन मिति तोकेर पनि प्रदर्शन हुन नसकेको फिल्म अब आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यही शुक्रवार एक गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।
लभस्टोरी सिनेमा निर्देशनमा सफल मानिएका निर्देशक सुदर्शन थापाले निर्देशन गरेको लभस्टोरी चलचित्र भएका कारणपनि दर्शकमाझ सुरुवाती समयदेखी नै प्रतिक्षामा रहेको थियो । एबी इन्टरनेशलको ब्यानरमा निर्मित चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । चलचित्रको बेलायतमा करीब ४५ दिनसम्म छायांकन भएको थियो ।
यस चलचित्रमा पूजा र आकाशका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मबाट नायकको रुपमा गायक सोनम तोप्देनले डेब्यू गरेका छन् । सौरभ लामाको छायांकन रहेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।
अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, सह–निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।

प्रतिक्रिया