Bisal Chautari Logo

सिक्किममा ‘कबड्डी ४’ प्रदर्शनमा रोक लगाउने सिक्किम सरकारको निर्णय

- ३१ जेष्ठ २०७९, मंगलवार १४:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ जेष्ठ ३१, मंगलवार ।
नेपाली चलचित्र क्षेत्रमा ऐतिहासिक रेकर्ड ब्रेक ब्यापार गरिरहेको चलचित्र ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए ।
‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।
सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए । ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ ।
जेठ १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ले कमाईमा नयाँ कीर्तिमान बनाएको छ । प्रदर्शनको दुई हप्तामा फिल्मले १८ करोड ७८ लाख कमाएको जानकारी दिइएको थियो । तेस्रो हप्ताको सप्तान्हसम्म फिल्मले २० करोडमाथि कमाई गरेको दाबी निर्माण पक्षको छ ।

प्रतिक्रिया